भारत– चीनको सत्ताधारी कम्युनिस्ट पार्टीको एक सामाजिक सञ्जाल एकाउन्टमा राखिएको पोस्ट यतिबेला चर्चामा छ। जसमा भारतको कोरोना संकटलाई ‘मजाक’ बनाइएको बीबीसीले जनाएको छ। आलोचना र विवादपछि यो पोस्टलाई हटाइएको छ।
सामाजिक सञ्जाल वीबोमा राखिएको यो पोस्टमा एक तस्बिर राखिएको थियो जसमा एक तर्फ चीनको रकेट उड्न लागेको देखाइएको थियो भने अर्का तर्फ भारतमा जलिरहेको चितालाई देखाइएको थियो।
तस्बिरमा लेखिएको थियो‘चीनमा लगाइएको आगो भर्सेस भारतमा लागाइएको आगो।’
यसमा चीनको नयाँ अन्तरिक्षको तस्वीर राखिएको थियो। चीनले २९ अप्रिलमा आफ्नो स्थायी स्पेस स्टेशन बनाउने दिशामा एक महत्वपूर्ण कदम बढाउँदै स्टेशनको एक महत्वपूर्ण मोडेल अन्तरिक्षमा पठाएको थियो।
यो पोस्ट शनिवार दिउँसो राखिएको थियो र पछि यसलाई हटाइएको छ। तर उक्त फोटोको स्क्रीनसट यतिबेला भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले शेयर गरिरहेका छन् र चीनको आलोचना।
समाचारमा जनाइए अनुसार यो तस्बिर चीनको एक सरकारी संस्था–कम्युनिस्ट पार्टीको राजनीतिक र कानुनी मामलाको आयोग या सीपीएलएसँग सम्बन्धित एक एकाउन्टमा पोस्ट गरिएको थियो।
सीपीएलए चीनको कम्युनिस्ट पार्टीको एक शक्तिशाली अंग हो जो प्रहरी अधिकारी, सरकारी अभियोजन तथा अदालतमा काम गर्नेमाथि केन्द्रित छ।
चीनमा चर्चित माइक्रोब्लगिङ साइट वीबोमा सीपीएलएको यो एकाउन्टलाई लाखौं मानिसले फलो गरिरहेका छन्।
यो पोस्टपछि धेरैले आपत्ति जनाए र यसलाई अनुचित भने। उनीहरुले चीनले भारतमाथि सहानुभूति देखाउन आवश्यक रहेको बताए।
चिनियाँ मिडिया ग्लोबल टाइम्सका सम्पादक हु शिजिनले लेखेका छन्,‘यो समय मानवताको झण्डलाई ऊचो गर्न आवश्यक छ। भारतका लागि सहानुभूति देखाउन आवश्यक छ र चीन समाजको नैतिकताको उच्च स्थानमा स्थापित गर्न आवश्यक छ।’
वीबोमा विवादित पोस्ट हुनुभन्दा एक दिन पहिला चीनका राष्ट्रपति शी चिनफिङले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक सन्देश पठाएका थिए जहाँ उनले कोरोना संकटलाई लिएर भारतसँग सहानुभूति व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।