काठमाडाैं–अफगानिस्तानको फराह प्रान्तको बालाब्लोक क्षेत्रस्थित सैन्य चौकीमा अफगानी विद्रोही समूहले आक्रमण गरेका छन्।
आक्रमणमा परी गर्दा २० सैनिकको मृत्यु भएको प्रान्तीय परिषद्का उपप्रमुख खैर मोहम्मद नोर्जाइले बताए। यद्यपि घटनामा भएको मृत्यु र घाइतेबारे फरक फरक भनाइहरू सार्वजनिक भएको सञ्चारमाध्ययमा उल्लेख छ।
तालिबान लडाकुले सुरुङमार्फत विस्फोट गराएका नोर्जाइलाई उद्धृत गरी समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ।
विस्फोटपछि सैनिक र विद्रोहीबीच दोहोरो झडप भएको र कैयौँ घाइते भएको समाचारमा उल्लेख छ। घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको बताउँदै नोर्जाइले उक्त घटनाका कारण ज्यान गुमाउनेको सङ्ख्या बढ्नसक्ने जानकारी दिए।
घटनामा आक्रमणकारी तालिवान समूहका कम्तीमा १० लडाकु मारिएका र कैयौँ घाइते भएको समाचारमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।