भारत– भारत कर्नाटकको चामाराजानगर जिल्लाको एक अस्पतालमा अक्सिजनको कमीले कम्तिमा १२ कोरोना संक्रमितको मृत्यु भएको छ। यो अस्पताल शहर भन्दा ६० किलोमिटर टाँढा छ।
चामाराजानगर इन्स्टिच्यूट अफ मेडिकल साइन्सका डाक्टरको प्रयासको बाबजूत बिरामीको अक्सिजनको लेवल सामान्य बनाउन नसक्दा उनीहरुको मृत्यु भएको बीबीसीले जनाएको छ।
मेडिकल कलेजका डीन जीएम सञ्जीवका अनुसार रात १२ बजे देखि २ बजेको बीच अक्सिजन प्रेसर कम भएको थियो।
१२२ बिरामीमध्ये १२ जनामा कोरोनाका अलावा कुनै न कुनै प्रकारको गम्भीर समस्यासँग लडिरहेका थिए।
यी सबै बिरामी भेन्टिलेटरमा थिए।
यसका अलावा ११ अन्य बिरामीकोको मृत्यु भएको छ। उनीहरु भने अक्सिजनको सपोर्टमा थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।