काठमाडाैं– पश्चिम बंगालकाे चर्चित निर्वाचन क्षेत्र नन्दीग्राममा मुख्यमन्त्री ममता बनर्जी भाजपाका शुभेन्दु अधिकारीसँग पराजित भएकी छिन्।
कुनै समय शुभेन्दु बनर्जीका विश्वासपात्र थिए। तर, उनै शुभेन्दुसँग बनर्जी १९५६ मतले पराजित भइन्। शुभेन्दुले १ लाख ९ हजार ६७३ र बनर्जीले १ लाख ७ हजार ९३७ भाेट पाए।
निर्वाचन आयाेगका अनुसार पश्चिम बंगालमा २९२ सिटमध्ये १६४ सिटमा बनर्जीकाे दल तृणमूल काग्रेसले जित हात पारेकाे छ भने ४८ सिटमा अघि लागेकाे छ। भारतीय जनता पार्टीले ५० सिटमा जित हात पारेकाे छ भने २८ मा अघि लागेकाे छ। काेराेना महामारीका बीच भारतमा भएकाे चार राज्य र एक केन्द्र शासित प्रदेशकाे ८२२ विधान सभा सिटकाे निर्वाचनकाे मत गणना आइतवारबाट शुरु भएकाे थियाे।
भारतमा काेराेनाले भयावह रुप लिएकाले मत गणना राेक्नु पर्ने भन्दै आलाेचनासमेत भएकाे थियाे। हजाराै नागरिक उपचारकाे अभावमा ज्यान गुमाइरहेकाे अवस्थामा मतगणना शुरु भएकाे छ।
भारतकाे निर्वाचन आयाेगकाे पनि आलाेचना भइरहेकाे छ। मद्रास हाइकाेर्टले आयाेगकाे भूमिकामाथि नै प्रश्न उठाउँदै आलाेचना गरेकाे थियाे।
पश्चिम बंगालमा आठ चरणमा २७ मार्चदेखि २९ अप्रिलसम्म चुनाव भएकाे थियाे। सत्ताधारी तृणमूल काग्रेस र बिजेपीले आक्रमक प्रचार गरेका थिए। ममता बनर्जीले तेस्राे पटक सत्तामा पुग्न र उनलाई राेक्न बिजेपी आक्रमक रुपमा उत्रेकाे थियाे। २९ अप्रिलमा पश्चिम वंगालमा मतदान सम्पन भएपछि जारी एग्जिट पाेलमा बनर्जी नै मुख्यमन्त्री हुने देखिएकाे थियाे। पश्चिम बंगालमा सरकार बनाउन १४७ भन्दा धेरै सिट जित हात पार्न जरूरी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।