दिल्ली (भारत)- सत्तारुढ तृणमूल कंग्रेस (टीएमसी)की मुख्यमन्त्री ममता बेनर्जीले पश्चिम बंगालमा 'डबल सेन्चुरी' काे सरकार चल्ने बताएकी छिन्।
आइतबार गरिएकाे पत्रकार सम्मेलनमा बेनर्जीले आफूलाई पहिल्यै 'डबल सेन्चुरी'काे आश रहेकाे भन्दै अब आफ्नै सरकार बन्ने दाबी गरेकी हुन्।
जारी मतगणनामा याे समाचार तयार पार्दासम्म तूणमूलले २०८ स्थानमा अग्रता बनाएकाे छ। यस्तै, केन्द्रीय सत्तामा रहेको भारतीय जनता पार्टी (बिजेपी) ७७ स्थानमा अगाडि रहेकाे देखिएकाे थियाे।
'अमित शाह सधैँ भन्थे २०० पार गर्छाैं। मपनि भन्दै थिएँ २०० पार गर्छाैं। मलाई पहिले त्यो डबल सेन्चुरीको आशा थियो। २२१ सीट जित्ने लक्ष्य राखेकाे थिएँ। बंगालमा डबल इन्जिन छैन। अब डबल सेन्चुरीकाे सरकार चल्छ,' उनले भनिन्।
चुनावकाे अन्तिम नतिजा आएसँगै विजयी उत्सव र र्यालीकाे आयाेजना नगरिने उनले स्पष्ट पारिन्।
'याे जित बंगाली जनताकाे हाे। हाम्राे विजयी उत्सव मनाउँदैनाैं। सानाे समूहमा सपथग्रहण कार्यक्रम आयाेजना गर्नेछाैं,' उनले भनिन्।
उनले अबकाे लडाइँ काेराेनासँग भएकाे समेत बताइन्।
'अबकाे हाम्राे लडाइँ काेराेनासँग हाे र यसलाई परास्त गर्नुछ। हामी काेराेना महामारी नियन्त्रणका लागि काम गर्छाैं, जनताकाे लागि काम गर्छाैं,' उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।