नयाँ दिल्ली (भारत)- बंगाल निर्वाचनमा सत्तारुढ तृणमूल कंग्रेस (टीएमसी)ले २ सयभन्दा धेरै स्थानमा अग्रता लिएको छ।
याे समाचार तयार पार्दासम्म २ सय ७ स्थानमा ‘मुख्यमन्त्री ममता बेनर्जीको तृणमूल अघि देखिएको हो।
भारतीय मिडियाहरुले गरेकाे मत सर्वेक्षणमा केन्द्रीय सत्तामा रहेको भारतीय जनता पार्टी (बिजेपी) ले तृणमूललाई कडा टक्कर दिने आकलन गरिएकाे थियाे। तर भाजपा ८२ स्थानमा मात्रै अगाडि देखिएकाे छ।
यस्तै, कांग्रेस आई र माक्र्सवादी कम्युनिष्ट पार्टीको गठबन्धन पत्ता साफ हुने स्थितिमा पुगेकाे छ। याे गठबन्धन २ स्थानमा मात्रै अगाडि देखिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।