• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
दाङ घटना

नांगो अवस्थामा थिए बालकका शव, पीडितको प्रश्न- ढोका ‘लक’ भएको कारमा कसरी राखियो?

64x64
नारायण अधिकारी आइतबार, वैशाख १९, २०७८  १४:१९
1140x725

काठमाडौं- दाङको तुलसीपुर उपमहानगरपालिका-६ स्याउली बजार सडक छेउमा हिजो (शनिबार) अरुण बुढामगरले आफ्नो बस पार्किङ गरेर राखेका थिए। साँझ करिब ६ बजेतिर सोही बाटो हुँदै एउटा ट्रयाक्टर आयो। उक्त ट्रयाक्टरलाई साइड दिन बुढामगरले आफ्नो बा ३ ख ३४३८ नम्बरको बस खाली चौरतर्फ च्यापे।

आफ्नै घर नजिक बस पार्किङ गरेका उनी ट्रयाक्टरलाई साइड दिइसकेपछि घर गए। उनकै घर नजिक एउटा हरियो रंगको कार करिब तीन महिना पहिलादेखि पार्किङ गरेर राखिएको थियो। अघिपछि कहिल्यै लाइट नबल्ने थन्किएर बसेको आर जे ०१ सिसी ०८८५ नम्बरको उक्त भारतीय कारको बत्ती बलेको बुढामगरले देखे। 

त्यसपछि उनी कसरी कारको बत्ती बल्यो भनेर कार भएको ठाउँमा पुगे। ‘कार नजिक पुगेपछि झिँगा भन्किएको र गन्हाएजस्तो लाग्यो। भित्र केही छ कि भनेर हेर्दा तीन वटा लाश जस्तो देखेँ। त्यसपछि म आत्तिएर भागेँ’ कारभित्र सबैभन्दा पहिला शव देख्ने बुढामगरले प्रहरीसमक्ष भने।

त्यसपछि वरपरका मान्छे जम्मा भएर हेर्दा बुढामगरले भनेजस्तै कारको सिटमुनि तीन वटा लाश देखियो। कारभित्र लाश भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको थियो। 

दुई शव नांगै, एउटा अर्धनग्न
स्थानीयले कारभित्र लाश भएको जानकारी गराएपछि इलाका प्रहरी कार्यालय तुलसीपुर, जिल्ला प्रहरीका कार्यालय दाङबाट एसपीसहितको टोली, फेरेन्सिक विज्ञको टोली, सरकारी वलिक, नेपालगञ्जबाट कुकुरसहितको टोली शनिबार राति नै घटनास्थल पुगेको थियो।

घटनास्थलमा शुरुमा पुगेको प्रहरी टोलीलाई क्राइम सिनलाई सुरक्षित राख्न आदेश दाङका एसपी गणेश चन्दले दिएका थिए। सोही अनुसार शुरुवाती टोलीले कारभित्रको लाशलाई नचलाई राखेको थियो। विज्ञसहितको फरेन्सिक टोली पुगेपछि कारको ढोका खोलेर हेर्दा तीन वटा बालकको शव भेटियो। मृत बालकहरू तुलसीपुर-६ बस्ने भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्देश, सन्तोष परियारका छोरा ७ वर्षीय सुर्वण र किरण परियारका ६ वर्षीय छोरा करण रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिवबहादुर सिंहले बताएका छन्। 

उनीहरूमध्ये दुई जनाको शव नांगो अवस्था भेटिएको थियो। एक जनाको शव भने टिशर्ट नलगाएको तर कट्टु भने लगाएको अवस्थामा भटिएको डीएसपी सिंहले बताए।

गाडी धनी र चालक नियन्त्रणमा
भारतीय नम्बर प्लेटको कारमा तीन जना बालकको शव भेटिएपछि प्रहरीले उक्त कार कसको हो? कसले ल्याएको भन्नेबारे अनुसन्धान गरेको थियो। उक्त कार तुलसीपुर-६ कै यादव गैरेले करिब ३ महिनाअघि भारतबाट ल्याएको भन्ने पुष्टि भएपछि प्रहरीले उनलाई नियन्त्रणा लिएको छ। उनले किन र कसरी उक्त कार भारतबाट ल्याए? किन त्यहाँ राखे? घटनाको बारेमा गैरेलाई जानकारी छ/छैन जस्ता विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको छ। 

Ncell 2
Ncell 2

गैरेले प्रहरीसमक्ष कारको ढोका आफूले लक गरेर राखेको र लक भएको ढोकाभित्र कसरी शव राखियो भन्नेबारे आफूलाई कुनै जानकारी भएको दाबी गरेका छन्। कार धनी गैरे हुन् भने उक्त कारका चालक हुन् पदम बस्नेत। बस्नेतलाई पनि नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान शुरु गरेको छ।

हराएकै दिन हत्या भएको हुनसक्ने आशंका
तीनै जना बालक वैशाख १६ गते हराएका हुन्। घरबाट दिउँसोतिर बाहिर निस्केका उनीहरू रातिसमेत घर नफिर्कएपछि बालक हराएकाले खोजिदिन भन्दै परिवारले इलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदन समेत दिएका थिए। प्रहरीले उनीहरूको खोजी गरेपनि अवस्था भने पत्ता लगाएको थिएन। शनिबार गाडीमा भेटिएका शव तीनै हराएका बालकको भएको पुष्टि भयो।

बालकहरूको शव हेर्दा गन्हाउन थालिकसकेकाले घरबाट निस्किएकै दिन उनीहरू मृत्यु भएको वा हत्या भएको हुनसक्ने आशंका प्रहरीको छ। शव गन्हाउन थालिसकेकाले हराएको भनेर निवेदन परेकै समयमा मृत्यु भएको वा हत्या भएको हुनसक्ने एसपी चन्दको भनाइ छ।  

घटना रहस्यमय छ, दोषी नउम्कोस् : दलित मुक्ति मोर्चा दाङ
तीन बालकको शव भारतीय कारभित्र भेटिनु निकै रहस्यमय घटना भएकाले दलित मुक्ति मोर्चा दाङले जनाएको छ। उक्त मोर्चाको दाङका अध्यक्ष हिरालाल सुनार सारथीले नेपाल लाइभसँग कुरा गर्दै घटना रहस्यमय भएको र धरै प्रश्नका उत्तर आउन बाँकी नै रहेको बताए। 

सुनारले राखेको भनाइ यस्तो छ :
अहिले म पीडित परिवारसँगै छु। घटना यसरी भयो भन्ने सक्ने अवस्था छैन। बच्चा हराएको दिन नै निवेदन समेत दिइएको रहेछ। यो घटना कसले गरायो भन्न सक्ने अवस्था छैन।
गाडीको साहुले ढोका लक गरेर राखेको थिएँ भनेका छन्। लक थियो भने कसरी कसले ढोका खोल्यो? कसरी शव हाल्यो? यत्रो तीन महिनासम्म राखेको गाडी कहिल्यै लाइट नबल्ने त्यसदिन कसरी बल्यो? हिजो साँझ कसरी ब्रेक लाइट बल्यो। रहस्यमय छ घटना। शवमा कुनै चोट लागेको छैन भनिएको छ। पीडित परिवार एकदमै गरिब हो। मैले बुझ्दा पीडित परिवारको कोही कसैसँग केही रिसिइबी छैन। तर, यति हुँदा पनि कसले के उद्देश्यले हत्या गर्‍यो? अनुसन्धान गरेर दोषीलाई कारबाही हुनुर्‍यो।

ढोका ‘लक‘ भएपछि निस्सासिएर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान

यता प्रहरीले भने कारको ढोका लक भएकाल निसासिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अुनमान गरेको छ। बालकहरू ढोका खुला भएपछि कारभित्र छिरेको र पछि लक भएपछि निस्सासिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ।

'निस्सासिन थालेपछि उनीहरूले कपडा खोलेको हुनसक्छ। उनीहरूको गोजीबाट तास पनि फेला परेको छ', घटनाको अनुसन्धान गरिरहेको एक प्रहरी अधिकारीले भने, 'बाँकी कुरा थप अनुन्धान र पोस्टमार्टम रिपोर्ट आएपछि थाहा होला।'

सम्बन्धित समाचार :

दाङ घटना : कारमा भेटिएका तीन बालकको शवको पहिचान खुल्यो, दुई जना पक्राउ

दाङमा भारतीय नम्बरप्लेटको गाडीभित्र ३ बालबालिकाको शव फेला, चालक पक्राउ

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १४:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ । बुधबार, माघ ७, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्याल... मंगलबार, माघ ६, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई हराउँदै नेदरल्यान्ड्स सुपर सिक्समा बिहीबार, माघ ८, २०८२
मन्त्रिपरिषद् बैठक बस्दै बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
डोजर लाउने मान्छे आए भनेर डराएका छन्- ओली बिहीबार, माघ ८, २०८२
भरपर्दो सुरक्षा योजनाका साथ प्रहरी परिचालन गर्न महानिरीक्षक कार्कीको निर्देशन बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
इलाम पुगेर सुरु गरे बालेनले घरदैलो कार्यक्रम (तस्बिरहरू) बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्