• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
दाङ घटना

नांगो अवस्थामा थिए बालकका शव, पीडितको प्रश्न- ढोका ‘लक’ भएको कारमा कसरी राखियो?

64x64
नारायण अधिकारी आइतबार, वैशाख १९, २०७८  १४:१९
1140x725

काठमाडौं- दाङको तुलसीपुर उपमहानगरपालिका-६ स्याउली बजार सडक छेउमा हिजो (शनिबार) अरुण बुढामगरले आफ्नो बस पार्किङ गरेर राखेका थिए। साँझ करिब ६ बजेतिर सोही बाटो हुँदै एउटा ट्रयाक्टर आयो। उक्त ट्रयाक्टरलाई साइड दिन बुढामगरले आफ्नो बा ३ ख ३४३८ नम्बरको बस खाली चौरतर्फ च्यापे।

आफ्नै घर नजिक बस पार्किङ गरेका उनी ट्रयाक्टरलाई साइड दिइसकेपछि घर गए। उनकै घर नजिक एउटा हरियो रंगको कार करिब तीन महिना पहिलादेखि पार्किङ गरेर राखिएको थियो। अघिपछि कहिल्यै लाइट नबल्ने थन्किएर बसेको आर जे ०१ सिसी ०८८५ नम्बरको उक्त भारतीय कारको बत्ती बलेको बुढामगरले देखे। 

त्यसपछि उनी कसरी कारको बत्ती बल्यो भनेर कार भएको ठाउँमा पुगे। ‘कार नजिक पुगेपछि झिँगा भन्किएको र गन्हाएजस्तो लाग्यो। भित्र केही छ कि भनेर हेर्दा तीन वटा लाश जस्तो देखेँ। त्यसपछि म आत्तिएर भागेँ’ कारभित्र सबैभन्दा पहिला शव देख्ने बुढामगरले प्रहरीसमक्ष भने।

त्यसपछि वरपरका मान्छे जम्मा भएर हेर्दा बुढामगरले भनेजस्तै कारको सिटमुनि तीन वटा लाश देखियो। कारभित्र लाश भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको थियो। 

दुई शव नांगै, एउटा अर्धनग्न
स्थानीयले कारभित्र लाश भएको जानकारी गराएपछि इलाका प्रहरी कार्यालय तुलसीपुर, जिल्ला प्रहरीका कार्यालय दाङबाट एसपीसहितको टोली, फेरेन्सिक विज्ञको टोली, सरकारी वलिक, नेपालगञ्जबाट कुकुरसहितको टोली शनिबार राति नै घटनास्थल पुगेको थियो।

घटनास्थलमा शुरुमा पुगेको प्रहरी टोलीलाई क्राइम सिनलाई सुरक्षित राख्न आदेश दाङका एसपी गणेश चन्दले दिएका थिए। सोही अनुसार शुरुवाती टोलीले कारभित्रको लाशलाई नचलाई राखेको थियो। विज्ञसहितको फरेन्सिक टोली पुगेपछि कारको ढोका खोलेर हेर्दा तीन वटा बालकको शव भेटियो। मृत बालकहरू तुलसीपुर-६ बस्ने भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्देश, सन्तोष परियारका छोरा ७ वर्षीय सुर्वण र किरण परियारका ६ वर्षीय छोरा करण रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिवबहादुर सिंहले बताएका छन्। 

उनीहरूमध्ये दुई जनाको शव नांगो अवस्था भेटिएको थियो। एक जनाको शव भने टिशर्ट नलगाएको तर कट्टु भने लगाएको अवस्थामा भटिएको डीएसपी सिंहले बताए।

गाडी धनी र चालक नियन्त्रणमा
भारतीय नम्बर प्लेटको कारमा तीन जना बालकको शव भेटिएपछि प्रहरीले उक्त कार कसको हो? कसले ल्याएको भन्नेबारे अनुसन्धान गरेको थियो। उक्त कार तुलसीपुर-६ कै यादव गैरेले करिब ३ महिनाअघि भारतबाट ल्याएको भन्ने पुष्टि भएपछि प्रहरीले उनलाई नियन्त्रणा लिएको छ। उनले किन र कसरी उक्त कार भारतबाट ल्याए? किन त्यहाँ राखे? घटनाको बारेमा गैरेलाई जानकारी छ/छैन जस्ता विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

गैरेले प्रहरीसमक्ष कारको ढोका आफूले लक गरेर राखेको र लक भएको ढोकाभित्र कसरी शव राखियो भन्नेबारे आफूलाई कुनै जानकारी भएको दाबी गरेका छन्। कार धनी गैरे हुन् भने उक्त कारका चालक हुन् पदम बस्नेत। बस्नेतलाई पनि नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान शुरु गरेको छ।

हराएकै दिन हत्या भएको हुनसक्ने आशंका
तीनै जना बालक वैशाख १६ गते हराएका हुन्। घरबाट दिउँसोतिर बाहिर निस्केका उनीहरू रातिसमेत घर नफिर्कएपछि बालक हराएकाले खोजिदिन भन्दै परिवारले इलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदन समेत दिएका थिए। प्रहरीले उनीहरूको खोजी गरेपनि अवस्था भने पत्ता लगाएको थिएन। शनिबार गाडीमा भेटिएका शव तीनै हराएका बालकको भएको पुष्टि भयो।

बालकहरूको शव हेर्दा गन्हाउन थालिकसकेकाले घरबाट निस्किएकै दिन उनीहरू मृत्यु भएको वा हत्या भएको हुनसक्ने आशंका प्रहरीको छ। शव गन्हाउन थालिसकेकाले हराएको भनेर निवेदन परेकै समयमा मृत्यु भएको वा हत्या भएको हुनसक्ने एसपी चन्दको भनाइ छ।  

घटना रहस्यमय छ, दोषी नउम्कोस् : दलित मुक्ति मोर्चा दाङ
तीन बालकको शव भारतीय कारभित्र भेटिनु निकै रहस्यमय घटना भएकाले दलित मुक्ति मोर्चा दाङले जनाएको छ। उक्त मोर्चाको दाङका अध्यक्ष हिरालाल सुनार सारथीले नेपाल लाइभसँग कुरा गर्दै घटना रहस्यमय भएको र धरै प्रश्नका उत्तर आउन बाँकी नै रहेको बताए। 

सुनारले राखेको भनाइ यस्तो छ :
अहिले म पीडित परिवारसँगै छु। घटना यसरी भयो भन्ने सक्ने अवस्था छैन। बच्चा हराएको दिन नै निवेदन समेत दिइएको रहेछ। यो घटना कसले गरायो भन्न सक्ने अवस्था छैन।
गाडीको साहुले ढोका लक गरेर राखेको थिएँ भनेका छन्। लक थियो भने कसरी कसले ढोका खोल्यो? कसरी शव हाल्यो? यत्रो तीन महिनासम्म राखेको गाडी कहिल्यै लाइट नबल्ने त्यसदिन कसरी बल्यो? हिजो साँझ कसरी ब्रेक लाइट बल्यो। रहस्यमय छ घटना। शवमा कुनै चोट लागेको छैन भनिएको छ। पीडित परिवार एकदमै गरिब हो। मैले बुझ्दा पीडित परिवारको कोही कसैसँग केही रिसिइबी छैन। तर, यति हुँदा पनि कसले के उद्देश्यले हत्या गर्‍यो? अनुसन्धान गरेर दोषीलाई कारबाही हुनुर्‍यो।

ढोका ‘लक‘ भएपछि निस्सासिएर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान

यता प्रहरीले भने कारको ढोका लक भएकाल निसासिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अुनमान गरेको छ। बालकहरू ढोका खुला भएपछि कारभित्र छिरेको र पछि लक भएपछि निस्सासिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ।

'निस्सासिन थालेपछि उनीहरूले कपडा खोलेको हुनसक्छ। उनीहरूको गोजीबाट तास पनि फेला परेको छ', घटनाको अनुसन्धान गरिरहेको एक प्रहरी अधिकारीले भने, 'बाँकी कुरा थप अनुन्धान र पोस्टमार्टम रिपोर्ट आएपछि थाहा होला।'

सम्बन्धित समाचार :

दाङ घटना : कारमा भेटिएका तीन बालकको शवको पहिचान खुल्यो, दुई जना पक्राउ

दाङमा भारतीय नम्बरप्लेटको गाडीभित्र ३ बालबालिकाको शव फेला, चालक पक्राउ

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १४:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ प्रहरीका अनुसार बिहीबार करिब ५ बजे ब्रम्हनगरस्थित शाहको किराना पसलमा उपभोक्तालाई खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर २ हजार ८ सय रु... बिहीबार, भदौ २५, २०८३
१८ हजार बढी ट्रामाडोल बसको छतमा राखेर चितवन जाँदै गरेका युवक समातिए चेकिङका क्रममा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको यात्रुवाहक बस रोकेर जाँच गर्दा बसको हुड र्‍याकमा राखिएका दुईवटा... बुधबार, भदौ २४, २०८३
१६२ किलो ७९४ ग्राम गाँजासहित दुई जना पक्राउ मनहरी गाउँपालिका–९ भाबरबाट प्रहरीले करिब १६२ किलो ७९४ ग्राम अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्