काठमाडाैं–काेराेना महामारीकाै बीच भारतमा भएकाे चार राज्य र एक केन्द्र शासित प्रदेशकाे निर्वाचनकाे मत गणना शुरु भएकाे छ। कुल ८२२ विधान सभा सिटका लागि भएकाे निर्वाचनकाे बिहान आठ बजेदेखि मतगणना शुरु भएकाे हाे।
भारतमा काेराेनाले भयावह रुप लिएकाले मत गणना राेक्नु पर्ने भन्दै आलाेचना भएकाे थियाे। कय्याैं नागरिक उपचारकाे अभावमा ज्यान गुमाइरहेकाे अवस्थामा मतगणना शुरु हुन लागेकाे हाे। भारतकाे निर्वाचन आयाेगकाे पनि आलाेचना भइरहेकाे छ। महामारीकाे समयमा चुनावी सचा अायाेजना गर्न लिएकाे र्यालीकाे अनुमति दिएकाे भन्दै आयाेगकाे आलाेचना भइरहेकाे छ।
मद्रास हाईकाेर्टले आयाेगकाे भुमिकामा प्रश्न उठाउँदै आलाेचना गरेकाे थियाे। पश्चिम वंगालमा आठ चरणमा २७ मार्चदेखि २९ अप्रिलसम्म निर्वाचन भएकाे थियाे। सत्ताधारी तृणमुल काग्रेस र बिजेपीले आक्रमक प्रचार गरेका थिए। ममता बनर्जीले तेस्राे पटक सत्तामा पुग्न र उनलाई राेक्न बिजेपी आक्रमक रुपमा उत्रेकाे थियाे।
२९ अप्रिलमा पश्चिम वंगालमा मतदान सम्पन भएपछि जारी एग्जिट पाेलमा बनर्जी नै मुख्यमन्त्री हुने देखिएकाे थियाे ।तर दुईपार्टीका बीचमा थाेरै मतान्तर हुने देखिएकाे छ।
एग्जिट पाेलका अनुसार वाम-काग्रेस गठवन्धन तेस्राे नम्वरमा आउने उल्लेख छ। २०१६ काे निर्वाचनमा विजेपीले विधान सभामा २९४ मध्ये तीन सिटमा मात्र जित हात पारेकाे थियाे। जबकि २०१९काे लाेकसभा चुनावमा प्रदेशमा कुल ४२ लाेकसभा सिटमा १८ मा जित हात पारेकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।