दिल्ली- भारतीय कांग्रेसका नेता राहुल गान्धीले काेराेना महामारी भयवह अवस्थामा पुग्नुमा प्रधानमन्त्री नरेन्द्र माेदी जिम्मेवार रहेकाे आराेप लगाएका छन्।
स्वास्थ्य विज्ञहरुले शुरुवातमै चेतावनी दिँदादिँदै नजरअन्दाज गरेकाे र गलत तरिकाले संक्रमण राेकथाम गर्न लागेकै कारण याे अवस्थामा पुगेकाे उनले बताए।
शनिबार सामाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै गान्धीले महामारीकाे गम्भीरता, संक्रमितहरुकाे बढ्दाे ग्राफ र लाइन देखेर विश्व नै तर्सिने अवस्थामा पुगेकाे समेत बताए।
'अहिले भारतीय नागरिक बाच्ने संघर्षमा अक्सिजन सिलेन्डर, औषधी, अस्पतालमा वेड खाेजिरहेका छन्। मेरेपछि पनि अन्तिम संस्कारका लागि आर्यघाटमा लाइन बसेका छन्। यस्ताे भयवह अवस्था देखेर विश्व नै तर्सिएकाे छ,' उनले भने।
देशकाे चलाउने जिम्मेवारी पाएका नै असफल भएकाे कारण भारतकाे स्वास्थ्य अवस्था नै 'काेल्याप्स' हुने स्थितिमा पुगेकाे उनकाे आराेप छ।
'याे काेराेनाकाे लहर हैन सुनामी हाे। जाे सबैथाेक समाप्त गर्नेतिर अघि बढेकाे छ। काेराेनासँग लड्नका लागि सबैथाेक अप्राप्त छ। राजधानी दिल्लीका सुविधा सम्पन्न अस्पतालहरु समेत भरिभराउ छन्,' उनले भने।
यता, देशका शीर्ष डाक्टरहरुले अक्सिजन अभाव भएकाे भन्नू परेकाे र अस्पतालहरु अक्सिजन माग गर्दै अदालत जान पर्ने अवस्था सरकारकाे गलत नीतिका कारण आएकाे समेत उनले आराेप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।