काठमाडाैं- विश्व स्वास्थ्य संगठनले अमेरिकी कम्पनी मोडर्नाले निर्माण गरेको काेराेनाविरुद्धकाे खाेपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएकाे छ।
शुक्रबार खाेपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएकाे हाे। 'यसकाे उद्देश्य आपतकालीन स्थितिसँग जुध्न हाे,' डब्ल्यूएचओले एक विज्ञप्तिमा भनेकाे छ।
डब्ल्यूएचओका सहायक महानिर्देशक मारियान्गेला सिमाओले विश्वव्यापी कोभक्स खाेप बाँडफाँड कार्यक्रमका लागि मुख्य स्रोत भारतलगायत अन्य देशहरुसँग भरपर्दा आपूर्तिमा समस्या आइरहेकाे बताए। यस्ताे अवस्थामा केही खाेपहरुलाई स्वीकृति दिनु महत्त्वपूर्ण रहेकाे छ।
भारतले आफ्नाे देशमा निर्मित खाेपलाई विदेश निर्यातमा प्रतिबन्ध लगाएकाे छ। अहिले भारतमा काेराेना संक्रमितकाे कारण स्वास्थ्य प्रणाली काेल्याप्स हुने क्रममा रहेकाे छ।
माेडर्नाले यस हप्ता आफ्नाे क्षमतालाई बढाएर २०२२ मा तीन अरब खाेप उत्पादन गर्ने याेजना सुनाएकाे थियाे। डब्ल्यूएचओको खोप रणनीतिक सल्लाहकार समूह(एसएजीई)मा विशेषज्ञहरूले जनवरीमा १८ वर्षमाथिका सबै उमेर समूहका लागि माेडर्नाकाे खोप सिफारिस गरेका थिए।
यता, मोडर्नाले बेलायत र दक्षिण अफ्रिकामा गरिएको परीक्षणमा आफ्नाे खोप प्रभावकारी पाइएको दाबी गरेकेा छ।
कम्पनीका अनुसार प्रयोगशालामा गरिएका परीक्षणमा उक्त खोपले विकसित एन्टिबडीले नयाँ प्रजातिको भाइरसविरुद्ध लड्न सक्ने देखिएको हो ।
यद्यपि यसबारे थप यकिन गर्न विस्तृत अध्ययन आवश्यक भएको वैज्ञानिकहरूको भनाइ छ । पछिल्लो समय कोरोना भाइरसको नयाँ प्रजाति विश्वका विभिन्न मुलुकमा फैलिइरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हाल ६० भन्दा बढी देशमा उक्त भाइरस पुष्टि भइसकेको छ ।
बेलायतमा सेप्टेम्बरबाट सुरु भएको ठानिएको नयाँ प्रजाति पहिलेको तुलनामा कम्तीमा ७० प्रतिशत बढी संक्रामक देखिएको छ । हाल विभिन्न देशमा प्रयोगका लागि अनुमति पाएका करिब आधा दर्जन खोप कोरोना भाइरसको पहिलेको प्रजातिका आधारमा विकसित गरिएका हुन् ।
वैज्ञानिकहरूले त्यस्ता खोपले नयाँ प्रजातिको भाइरसविरुद्ध पनि प्रभावकारी हुने बताएका भए पनि हालसम्म कुनै परीक्षण गरिएको थिएन ।
फाइजर र यसका जर्मन साझेदार बायोनटेकलाई २०२० को अन्तिममा डब्ल्यूएचओले आपतकालीन प्रयोगकाे लागि स्वीकृति दिएकाे थियाे।
त्यसबेलादेखि डब्ल्यूएचओले भारतको सेरम इन्स्टिट्यूट र एस्ट्राजेनेकाले बनाइरहेकाे खाेप काेभिशिल्ड र जोसन र जाेनसन खोपहरुलाई आपतकालीन प्रयाेगकाे लागि अनुमति दिएकाे थियाे।
संयुक्त राष्ट्र स्वास्थ्य एजेन्सी अझै पनि चिनियाँ निर्माता सिनोफर्म र सिनोभ्याकले विकसित गरेको खाेपलाई आपतकालीन प्रयाेगकाे लागि अनुमति दिएकाे छ। अर्को हप्ताको अन्त्यसम्म यसलाई पनि प्रयाेगकाे अनुमति दिनसक्ने जनाइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।