काठमाडाैं- चिनियाँ राष्ट्रपति सी चिनफिङले काेराेनाले थिलथिलाे बनेकाे भारतलाई सहयाेग गर्ने प्रतिबद्धता जनाएका छन्।
शुक्रबार सीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एउटा सन्देश पठाउँदै आवश्यक समर्थन र सहायता गर्न इच्छुक रहेको बताएका हुन्।
‘मानव जाति सुखदुःख समान भएको एउटै भाग्य समुदायको हो। सबै मुलुकहरू मिलेर महामारीलाई परास्त गर्नुपर्छ। महामारीको यो कठिन घडीमा भारतलाई आवश्यक समर्थन र सहायता गर्न तयार छु,’ उनले भनेका छन्।
तर, उनले सहयोगको रुपरेखाबारे केही उल्लेख गरेका छैनन्।
गत मार्चको अन्त्यतिर विश्व स्वास्थ्य संगठनले भारतमा दुई पटक उत्परिवर्तित भएको कोरोना भाइरस भेटिएको बताएको थियो। पछिल्लो समय दैनिक ३ लाखकाे हाराहारी संक्रमित भेटिन थालेका छन्।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणको थप ३ लाख ८६ हजार ४ सय ५२ नयाँ केस थपिएको छन्। त्यस्तै पछिल्लो २४ घन्टामा थप ३ हजार ४ सय ९८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।