रौतहट- अनलाइनमार्फत् आर्थिक कारोबार गरी आईपीएल सट्टेबाजी तथा जुवा खेलाउने गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।
गौर नगरपालिका-१ बस्ने २६ वर्षीय सुधिर कुमार जैसवाललाई सट्टाबाजी गर्न प्रयोग गरेको मोबाइलसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे।
उनको यूनिभर्सल मोबाइल एसेसोरिज पसलमा इाइमन्ड एक्स्ट अनलाइनमार्फत् आईपीएलको सट्टेबाजी गर्ने र जुवा खेलाउने मास्टर एजेन्टको रुपमा कारोबार गर्दै आइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनले अनलाइनमार्फत् ४८ जनाको समूह बनाई सट्टबाजी गरी १७ लाख ३९ हजार ६ सय ४० रुपैयाँ बराबरको सट्टाबाजी जुवा खेलाएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएकाे छ।
उनी उपर जुवा खेल्न वा सट्टेबाजी गर्ने नहुने अन्तर्गतको कसूरमा ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।