मुम्बई- भारतका चर्चित टिभी पत्रकार तथा एंकर रोहित सरदानाको निधन भएको छ। ४२ वर्षीय सरदानाको शुक्रबार नोएडा मेट्रो अस्पतालमा निधन भएकाे बीबीसी हिन्दीले जनाएकाे छ।
उनले गत २४ अप्रिलमा मात्रै आफूलाई काेराेना संक्रमण भएकाे जनाकारी दिएका थिए।
त्यसपछि उनले आफ्नाे स्वास्थ्य अवस्था सुधार भइरहेको जानकारी दिएका थिए।
तर, त्यसकाे ६ दिन पछि उनकाे मृत्यु भएकाे छ। उनी आवद्द रहेका आजतक च्यानलका अनुसार उनकाे मृत्यु कार्डियक अरेस्टको कारण भएकाे हाे।
सहकर्मी तथा र इन्डिया टूडेका वरिष्ठ टिभी पत्रकार राजदीप सरदेसाईले पनि ट्वीट गरेर सरदानाकाे मृत्यु भएको पुष्टि गरेका छन्।
उनकाे श्रीमती र दुई छाेरी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।