भारत– उत्तर प्रदेशमा कोभिड–१९ को संक्रमण दर उच्च गतिमा बढिरहँदा सामाजिक बहिष्कारको दुई घटना सार्वजनिक भएको छ। पहिलो घटना जौनपुरको हो भने दोस्रो घटना नोएडाको हो।
जौनपुर जिल्लामा भएको घटनामा कोरोनाबाट पत्नीको मृत्यु भएपछि एक वृद्धलाई सहयोग गर्न कोही आएन जसका कारण उनी शवलाई साइकलमा राखेर लैजान बाध्य हुन परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
त्यस्तै दोस्रो घटनामा बुवा संक्रमित भएपछि नोएडामा बस्दै आएका पश्चिम बंगालका एक परिवारलाई कसैलेपनि सहयोग गरेन। अस्पतालमा बुवाको मृत्युपछि उनकी १५ वर्षीया छोरीले प्रहरीको सहायतमा अन्तिम संस्कार गरेकी थिइन्।
भारतमा सामाजिक सञ्जालमा जौनपुर जिल्लामा भएको तस्वीर भाइरल भइरहेको छ। एक तस्वीरमा वृद्ध व्यक्ति साइकलमा आफ्नी पत्नीको शव लगिरहेको देखिन्छन् जो बाटोमा खसेको छ।
एक अर्को फोटोमा महिलाको शवबीच सडका रहेको छ र वृद्ध व्यक्ति किनारमा टाउको समाएर बसेका छन्।
पछि प्रहरीले बृद्धको मद्दत गर्दै शव श्मशान घाट पु¥याएर अन्तिम संस्कार गराएको थियो।
प्रहरीका अनुसार अम्बरपुर गाउँमा ७० वर्षीय बृद्ध तिकधारीकी पत्नीको २६ अप्रिलमा जिल्ला अस्पतालमा कोभिडका कारण मृत्यु भएको थियो।
शव गाउँ पठाइएको भएपनि स्थानीयले कोरोनाको डरले श्मशानमा अन्तिम संस्कार गर्न दिएनन्।
गाउँमा जलाउन नदिएपछि उनले शव साइकलमा राखेर घाटमा लगेका थिए तर सन्तुलन बिग्रिएर शव बाटोमा खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।