भारत– भारतको बिहारमा कोरोना भाइर संक्रमण तिव्र रुपमा फैलिरहेको छ। जनघनत्व बढी भएका शहरी क्षेत्रमा मात्र नभई ग्रामिण क्षेत्रमा पनि मानिसहरु संक्रमित भइरहेका छन्।
विपक्षी दलले मुख्यमन्त्री नीतीश कुमारको आलोचना गरिरहेका छन्। महामारीको समयमा सरकारले केही ठोस काम गर्न नसकेको आरोप उनीमाथि लागेको छ।
राज्य सरकारमाथि संक्रमित र मृतककको आँकडा लुकाएको आरोप लागिरहेको छ। पटनाको श्मशान घाटमा लाशको लाइन लागेको छ र परिवारका सदस्य अन्त्येष्टिका लागि घन्टौं कुरिरहेका छन्।
यसबीच पटना नगर निगमले लाशको बढ्दो संख्यालाई ध्यान दिँदै अन्त्येष्टिका लागि नयाँ ठाउँहरु बनाएको बीबीसीले जनाएको छ।
पटनामा बाँस घाट, गुलाबी घाट र खजकल्ला घाट गरि तीन श्मशान छन् तर कोभिडकाका कारण भइरहेको मृत्युका कारण लाइन लाग्नुपर्ने बाध्यता रहेको छ।
पटना नगर निगमका एडिशनल आयुक्त देवेन्द्रप्रसाद तिवारीले दुई घाट थप गरिएको जानकारी दिए। ‘मृतकका परिवारजनलाई लामो समय कुर्न नपरोस् भनेर दीघा घाट र नन्द घाटमा पनि शवदाह गृहको व्यवस्था गरिएको छ।’
उनका अनुसार पटनामा मात्रै दैनिक २ सय भन्दा बढी लाश जलाइने गरिएको छ। तर बिहार सरकारको तथ्यांक अनुसार बुधबार कोरोनाका कारण ८४ जनाको मात्र मृत्यु भएको छ।
सरकारी तथ्यांक र श्मशानमा जलाइएको लाशका बीच कुनै तालमेल छैन। यो त श्मशानमा जलाइएका लाश भए। कब्रस्तानमा पनि अवस्था उस्तै छ। त्यहाँ पनि कोरोनाबाट ज्यान गुमाएकाहरुका आफन्त लामो लाइनमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।