काठमाडौं– एक धार्मिक समारोहका क्रममा भागदौड मच्चिँदा इजरायलमा ४० भन्दा बढीको मृत्यु भएको छ। इजरायलको उत्तर पूर्वी क्षेत्रमा भएको भागदौडमा अन्य दर्जनौं घाइते भएको समाचारमा उल्लेख छ।
माउन्ट मेरोन पहाडको फेदीमा आयोजित लेग बी’ओमार पर्वका लागि दशौं हजार यहुदी भेला भएका थिए।
इजरायलमा कोरोना महामारी शुरु भएयता पहिलोपल्ट सबैभन्दा धेरै मानिस एकै ठाउँमा जम्मा भएका हुन्।
इजरालयको राष्ट्रिय संकटकालीन सेवा मेगान डेभिड अडोम (एमडीए)ले मृतकको एकिन संख्या उल्लेख नगरे पनि दर्जनौं घाइते भएको बताएको छ।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसलाई ‘गम्भीर क्षति’ भनेका छन् । उनले घटनामा हताहती भएकाहरुका लागि प्रार्थना गरिरहेको बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।