भारत– अमेरिकाले आफ्ना नागरिकहरुलाई जतिसक्दो चाँडो भारत छोड्न आग्रह गरेको छ। अमेरिकाले भारतमा तिव्र गतिमा फैलिरहेको कोरोना संक्रमणलाई लिएर एडवाइजरी जारी गरेको हो।
अमेरिकाले भारतमा कोरोना संकट धेरै बढेका कारण मेडिकल सुविधा न्यून सावित भएको भन्दै आफ्ना नागरिकलाई स्वदेश फर्कन भनेको हो।
अस्पतालहरुमा उपचारको सुविधा र बेडहरुसमेत पाउने अवस्था नबनेको भन्दै भारतले यस्तो आग्रह गरेको हो।
अमेरिकाले लेवल ४ ट्राभल हेल्थ नोटिस जारी गरेको थियो। अमेरिकी राष्ट्रपति जो बाइडेनले भारतलाई कोरोना संकटसँग लड्न सहयोग गर्ने घोषणा गरिरहँदा यस्तो अलर्ट जारी गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।