काठमाडौं–संयुक्त राष्ट्रसंघले कोभिड १९ का विरुद्धमा लड्न भारतलाई सघाउने भएको छ। संक्रमणका कारण हाल अवस्था निकै जटिल भएकोले त्यसविरुद्ध लड्न संयुक्त राष्ट्रंघले भारतलाई सघाउने भएको हो।
राष्ट्रंघका विशिष्ठ जनस्वास्थ्यविद्सहितको समूह हाल भारत पुगेको छ । साथै संयुक्त राष्ट्रसंघले आवश्यक औषधि तथा स्वास्थ्य उपकरण पनि भारतलाई सहयोग गरिरहेको जनाएको छ।
विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रंघीय बालकोषले भारतका लागि अक्सिजनका लागि आवश्यक उपकरणहरु खरिद गरेर पठाएको बताएका छन्।
भारतका अस्पतालमा आवश्यक भेन्टिलेटर पनि पठाएको संयुक्त राष्ट्रंघले जनाएको छ।
यसका साथै विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रंघीय विभिन्न निकायले भारतलाई पीपीइ, पीसीआर परीक्षण गर्ने मेसिनका साथै अन्य उपकहरण पनि पठाएको जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।