भारत– भारतमा पछिल्लो २४ घन्टामा ३ लाख ७९ हजार २ सय ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
यससँगै भारतमा कुल सक्रमितको संख्या १ करोड ८३ लाख ७६ हजार ५ सय २४ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घन्टामा थप ३ हजार ६ सय ४५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यससँगै कोरोनाका कारण अहिलेसम्म भारतमा २ लाख ४ हजार ८ सय ३२ जनाको मृत्यु भएको छ।
२ लाख ६९ हजार ५ सय ७ जनाको अस्पतालबाट डिस्चार्ज भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।