भारत– भारतमा पछिल्लो २४ घन्टामा थप ३ लाख ६० हजार संक्रमित थपिएका छन्।
यससँगै १.७९ करोड मानिस कोरोनाबाट संक्रमित भएका छन्।
पछिल्लो २४ घन्टामा ३ हजार २ सय ९३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
भारतमा कोरोनाका कारण मर्नेको संख्या २ लाख १ सय १८ पुगेको छ।
भारत १ अर्ब ४० करोड जनसंख्या भएको देश हो र कोरोनाबाट दुई लाख भन्दा धेरै मृत्यु हुनेको मामलामा भारत चौथो देश बनेको छ। अमेरिका, ब्राजिल र मेक्सीकोमा भारतभन्दा धेरै मानिसको मृत्यु भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।