भारत– महाराष्ट्रमा मुम्बइसँग जोडिएको ठाणेस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ।
ठाणे नगर निगमका अनुसार विहान ३ बजेर ४० मिनेटमा शहरको प्राइम क्रिटीकेयर अस्पतालमा आगो लागेको हो।
समाचार एजेन्सी पीटीआईका एक अधिकारीका अनुसार अस्पतालमा कोरोनाका बिरामी भने भर्ना भएका थिएनन्।
अधिकारीहरुका अनुसार अस्पतालबाट २० बिरामीलाई सुरक्षित निकालिएको थियो जसमा ६ जना आइसीयूमा थिए।
स्थानीय विधायन तथा मन्त्री जिन्द अव्हादले घटनाको जाँचका लागि उच्चस्तरीय समिति गठन गरिएको र मृतकका परिवारलाई पाँच/पाँच लाख तथा घाइतेका लागि एक/एक लाख रुपैयाँ दिइने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।