भारत– कोरोना संक्रमितहरुको संख्या उच्च तिव्ररुपमा वृद्धि भएसँगै भारतमा अत्यावश्यकीय स्वास्थ्य सामाग्रीको अभाव भइरहेको छ।
संक्रमितको उपचारका लागि आवश्यक पर्ने भेन्टिलेटर र अक्सिजन कन्सेन्ट्रेटरका साथै औषधिहरुको अभाव भएसँगै विभिन्न देशहरुले भारतलाई सहयोग गरिरहेका छन्।
यसैबीच बेलायतले भारतका लागि पठाएको १ सय भेन्टिलेटर, ९५ अक्सिजन कन्सेन्ट्रेटर र जरुरी औषधिको पहिलो खेप भारत आइपुगेको छ।
एक दिन पहिला बेलायतका प्रधानमन्त्री बेरिस जोनसनले कोरोनाको दोस्रो घातक लहरसँग जुधिरहेको भारतका लागि ३ सय भन्दा धेरै अक्सिजन कन्सन्ट्रेटरसमेत ६ सय मेडिकल सामाग्री पठाउने बताएका थिए।
त्यस्तै अमेरिकी कम्पनी गिलिएड साइन्सेजले भारतमा रेमडेसिविर औषधिको ४.५ लाख सिसि दिने भएको छ।
कम्पनीले भारतमा यो औषधि उत्पादन बढाउनका लागि जरुरी एक्टिव फर्मासुटिकल इंग्रीडिएन्ट(कच्चा पदार्थ) पनि दिने भएको छ।
यसअघि सोमबार चीनले पनि भारतमा अक्सिजन कन्सन्ट्रेटरसहितका सामाग्री पठाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।