काठमाडाैं- काेराेना भाइरसकाे महामारीसँग जुधिरहेकाे भारतलाई साउदी अरबले ८० टन अक्सिजन दिने भएकाे छ।
रियादमा रहेकाे भारतीय दूतावासले ट्वीटरमार्फत साउदी सरकारले अक्सिजन उपलब्ध गराउन लागेकाे जानकारी दिएकाे हाे।
साउदीले उपलब्ध गराउने अक्सिजन अडानी समूह र लिन्डे कम्पनीले सयुक्त रुपमा ढुवानी गर्ने बीबीसीले जनाएकाे छ। अडानी समूहका गाैतम अडानीले ट्वीटरमार्फत सहयाेगका लागि दूतावासलाई धन्यवाद दिएका छन्।
आफूहरु विश्वभरबाट अक्सिजन आपूर्ति गर्ने प्रयासमा गरिरहेकाे पनि उनले उल्लेख गरेका छन्। भारतमा अहिले दैनिक तीन लाखकाे दरमा काेराेना संक्रमित फेला परिरहेका छन्। यस्तै, दैनिक २७ सय बढीकाे काेराेना संक्रमणकै कारण ज्यान गइहरेकाे भारतीय स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
क्षमताभन्दा धेरै बिरामी अस्पताल पुग्दा भारतकाे स्थिति भयावह अवस्थामा रहेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।