ढाका- बंगलादेशमा काेराेनाविरुद्धकाे खाेप अभाव भएकाे छ। भारतबाट आउने खोपहरू अनिश्चितता भएपछि बंगलादेशामा अभाव सिर्जना भएकाे हाे।
खाेप अभाव भएसँगै बंगलादेश सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका पहिलो डाेज थप केही दिन नलगाउने निर्णय गरेकाे छ।
खोपको अभाव भएकोले तत्कालका लागि यो निर्णय भएको हो, कोभिड–१९ खोप व्यवस्थापन कार्यदलका महासचिव मोहम्मद शमशुल हकले भने।
यस्तै, यसअगाडि खाेप लगाइसकेकालाई दाेस्राे डाेज भने पूर्वनिर्धारित समयमै दिइने उनले जानकारी दिए।
खोपको पहिलो डाेज लगाएका व्यक्तिका लागि दोस्रो डाेज पूर्व योजनाअनुसार नै लगाइने छ, उनले भने।
बंगलादेशले जनवरी २१ मा ‘सेरम इन्स्टिच्युट अफ इण्डिया’ बाट उपहारका रूपमा एस्ट्राजेनेकाले विकास गरेको खोपको २० लाख मात्रा प्राप्त गरेको थियो भने थप ५० लाख सोही कम्पनीसँगबाट जनवरीमा नै किनेकाे थियाे।
बंगलादेशमा हालसम्म करिब करिब ६० लाख व्यक्तिलाई खाेपकाे पहिलो डाेज दिइसकेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।