दिल्ली (भारत)- दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अन्य राज्यसँग अक्सिजन सहयोग मागेका छन्।
दिल्लीमा अक्सिजन अभावका कारण कोरोना संक्रमितहरुको उपचारमा समस्या भएपछि उनले अन्य राज्यका मुख्यमन्त्रीलाई पत्र लेखेर सहयोग मागेका हुन्।
केही दिन यता दिल्लीमा अक्सिजन अभाव हुँदै आइरहेको छ। शनिबार दिल्लीको रोहिणीस्थित जयपुर गोल्डेन अस्पतालमा अक्सिजन सकिँदा उपचाररत २० जना बिरामीको मृत्यु भएको थियो।
‘हामीले सबै मुख्यमन्त्रीहरुलाई पत्र लेखिरहेका छौं र दिल्लीलाई थप अक्सिजन उपलब्ध गराउन अनुरोध गर्दैछौं। यद्यपि, केन्द्र सरकारले पनि हामीलाई सहयोग गरिरहेको छ। कोरोनाको कारण बढ्दै गएको छ र सबै उपलब्ध स्रोतहरु अपर्याप्त भएको प्रमाणित भइरहेको छ,’ उनले लेखेका छन्।
हरियाणाबाट नआएकाले दिल्लीमा अक्सिजनको कमी भएको बताइन्छ। हरियाणामा रहेको लिन्दे इन्डिया लिमिटेडले दिल्लीका अस्पतालहरुमा अक्सिजन सप्लाई गर्दै आएको थियो। तर, हरियाणा सरकारले राज्य बाहिर अक्सिजन पठाउन रोक लगाएपछि दिल्लीमा संकट बढेको हो।
शनिबार मात्रै मुख्यमन्त्री केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीलाई केन्द्र सरकारले सेनाको माध्यमबाट अक्सिजन ‘प्लान्ट टेकओवर’ गर्नुपर्ने सल्लाह दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।