कराची– पाकिस्तानमा काेराेना संक्रमणबाट एकै दिन १५७ जनाकाे मृत्यु भएकाे छ।
स्वास्थ्य मन्त्रालयका अनुसार १५७ मध्ये ५३ जनाकाे भेन्टिलेटरमा उपचार भइरहेकाे थियाे।
याेसँगै पाकिस्तानमा काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या १६ हजार ९९९ पुगेकाे छ।
यस्तै, पाकिस्तानमा पछिल्लाे २४ घण्टमा थप ५ हजार ९०८ काेराेना संक्रमित थपिएका छन्।
याेसँगै कुल संक्रमितकाे संख्या ७ लाख ९० हजार १६ पुगेकाे छ। जसमध्ये ६ लाख ८७ हजार ४८८ निकाे भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।