गुजरात (भारत)– गुजरातका उपमुख्यमन्त्री नितिनभाइ पटेललाई कोरोना संक्रमण भएको छ। शनिबार गरिएको परीक्षणको रिपोर्ट पोजेटिभ आएको उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका हुन्।
‘मैले कोरोना संक्रमणको हल्का लक्षण देखाएपछि पीसीआर परीक्षण गराएको थिएँ, जसको रिपोर्ट पोटेटिभ आएको छ,’ उनले ट्वीट गरेका छन्।
कोरोनाको रिपोर्ट आएसँगै उनी अहमदाबादमा रहेको यूएन मेहता इस्टिच्युड कार्डियोलोजी एण्ड रिसर्च सेन्टरमा भर्ना भएका छन्।
‘डाक्टरहरूको सल्लाहमा अस्पतालमा भर्ना भइसकेको छु, उनले भनेका छन् हालसालै मेरो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न आग्रह गर्दछु।’
अघिल्लो दिन उनले गान्धीनगरमा आयोजित कार्यक्रममा भाग लिएका थिए। उनीसँगै केन्द्रीय गृहमन्त्री अमित शाह र मुख्यमन्त्री विजय रुपाणी पनि सहभागी थिए।
पटेलले लगभग एक महिना पहिले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।