मुम्बई- भारत सरकारले काेराेनाविरुद्धकाे खोपको आयात गर्दा लाग्ने भन्सार शुल्कमा छुट दिने निर्णय गरेको छ। सरकारले ‘मेडिकल ग्रेड अक्सिजन’ लाई पनि तीन महिनाको लागि छुट दिने भएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा शनिबार भएको उच्चस्तरीय बैठकले याे निर्णय गरेकाे हाे।
भारतका काेराेना संक्रमितहरुकाे उपचारमा अक्सिजनको अभाव रहेका र विरामीहरूले अक्सिजन अभाबका कारण ज्यान गुमाउने अवस्थामा पुगेका छन्।
भारतका दैनिक तीन लाख ४६ हजार संक्रमित फेला परिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।