न्यूयाेर्क- अमेरिकामा जोन्सन एण्ड जोन्सनको खोपमा लगाइएको प्रतिबन्ध हटाइएको छ। रगत जम्ने खतरा देखिएपछि अमेरिकाले जोन्सन एण्ड जोन्सनको खोप प्रयोगमा रोक लगाइएको थियो।
अमेरिकी ‘फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन’ ले उक्त खोपमाथिको ११ दिनदेखिको प्रतिबन्ध हटाएको हो।
जोन्सन एण्ड जोन्सनको खोप लगाएका करिब ८० लाख मध्येबाट १५ जनामा गम्भीर प्रकारको रगत जम्ने समस्या देखिएपछि गत अप्रिल १४ देखि खोप प्रयोगलाई स्थगित गरिएको थियो। समस्या देखिएका सबै ५० वर्ष मुनिका महिला रहेका र उनीहरुमध्ये तीनजनाको मृत्यु भएको थियो।
अमेरिकामा जोन्सनको खोपको प्रयोगबाट हुने हानी अत्यधिक कम भएको र यसबाट लाभ लिनेको सङ्ख्या धेरै भएकोले खोप रोक्न नहुने निश्कर्ष निकालिएको अमेरिकी ‘फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन’ ले उल्लेख गरेको छ।
प्रतिबन्ध फुकुवासँगै नेदरल्याण्ड्समा रहेको कम्पनीको फ्याक्ट्रीबाट कम्तिमा एक करोड खोपको मात्रा तत्कालै अमेरिका पठाइने पनि कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।