निकोसिया- कोरोना महामारीबाट अति प्रभावित मुलुक साइप्रसमा पुन: लकडाउन गरिने भएकाे छ। कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेपछि सरकारले अप्रिल २६ तारिख देखि ९ मेसम्म लागु हुने पनि लकडाउन गर्न लागेकाे हाे।
खाद्य तथा पेय पदार्थ विक्रि वितरण गर्ने पसललगायत सवै व्यवसायीक स्थल तथा कार्यालयहरु बन्द गरिने निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन्।
त्यसैगरी, होटल, रेस्टुरेन्ट, बार, क्याफे, सैलुन, व्युटिपार्लर, जिम तथा डान्स स्कुलहरु पनि बन्द गरिने भएकाे छ।
स्थानीय समयानुसार राति ९ बजेदेखि विहान ५ बजेसम्म कफ्यूसमेत लागु हुने जनाइएकाे छ। लकडाउनको बेलामा थियटर तथा चलचित्र घरहरु समेत बन्द गरिने भएको छ।
भिडभाड गर्न तथा भेला हुन प्रतिबन्ध लगाउन लगाइएकाे छ भने कतै हिड्नु पर्नेमा अत्यावश्यक परेकाहरुलाई मात्रै अनुमति दिइने भएको छ।
कामदारहरुलाई सकेसम्म निवासबाटै काम गर्न वा काम गर्ने ठाउँमै बस्न प्रोत्साहन गर्ने नीति सरकारले लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।