काठमाडौं– कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि प्रयोग गरिने स्यानिटाइजर पिउँदा भारतमा सात जनाको मृत्यु भएको छ।
कोरोना संक्रमण तिब्र गतिमा बढ्दै गएपछि गरिएको लकडाउनका कारण महाराष्ट्रको यवतमालमा रक्सी पसलहरु बन्द हुँदा मानिसहरुले स्यानिटाइजर पिएको र त्यसक्रममा ७ जनाको मृत्यु भएको टाइम्स अफ इण्डियाले जनाएको छ।
समाचार एजेन्सी एएनआईले प्रहरी अधिकारीहरुलाई उदृत गर्दै जनाए अनुसार मृत्यु हुने सबैजना मजदुर हुन् । रक्सी नपाएपछि उनीहरुले स्यानिटाइजर पिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।