जार्कात- दक्षिणपूर्वी एसियाली नेताहरूले म्यानमारका सेना प्रमुखसँग वार्ता शुरु गरेका छन्।
आसियन राष्ट्रहरुको क्षेत्रीय सम्मेलनमा भाग लिन इन्डोनेसियाको जाकार्ता पुगेका सैनिक प्रमुख जनरल मिन आङ लाइङ शनिबार उनीहरुले वार्ता शुरु गरेका हुन्।
सम्मेलनमा उसका छिमेकी राष्ट्र चीन, भारत र थाइल्याण्डसहित १० सदस्य राष्ट्रका नेता तथा विदेशमन्त्रीहरु सहभागी छन्।
याे सम्मेलनमार्फत् छिमेकी राष्ट्रहरुले म्यानमारका सेना प्रमुखलाई जनतामाथि गरिँदै आएकाे हिंसा अन्त गर्न र नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)का अध्यक्षय आङ सान सू चीसहित दलका प्रमुख नेताहरुलाई रिहा गर्न पहल गर्ने जनाइएकाे छ।
काेराेना महामारीको बावजुद सहभागी भएका इन्डोनेसियाका विदेश मन्त्री रिट्नो मार्सुदीले शुक्रबार शिखर सम्मेलनले म्यानमारलाई यस नाजुक अवस्थाबाट बाहिर निकाल्न मद्दत गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
गत फेब्रुअरी १ देखि म्यानमारमा सैन्य शासन लागू भएको छ। सैनिकले सत्ता लिएयता लगातार प्रदर्शन हुँदै आएको छ। सुरक्षाकर्मीले चलाएको गोली लागेर हालसम्म ७०० भन्दा धेरैको ज्यान गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।