रंगुन- देशमा सैन्य ‘कू’ गरेपछि म्यानमारका सेना प्रमुख पहिलोपटक विदेश भ्रमणमा निस्किएका छन्।
आसियन राष्ट्रहरुको क्षेत्रीय सम्मेलनमा भाग लिनका लागि सैनिक प्रमुख जनरल मिन आङ लाइङ शनिबार इन्डोनेसियाको जाकार्ता पुगेका हुन्।
गत फेब्रुअरी १ देखि म्यानमारमा सैन्य शासन लागू भएको छ। सैनिकले सत्ता लिएयता लगातार प्रदर्शन हुँदै आएको छ। सुरक्षाकर्मीले चलाएको गोली लागेर हालसम्म ७०० भन्दा धेरैको ज्यान गएको छ।
इन्डोनेसियामा दक्षिण पूर्वी एसियाली देशहरुको एशोसिएशन आसियनको सम्मेलन हुँदैछ। सो सम्मेलनमा म्यानमारसहित १० सदस्य राष्ट्रका नेता तथा विदेशमन्त्रीहरु सहभागी हुनेछन्। सम्मेलनमा म्यानमारको हालको संकटबारे औपचारिक रुपमा छलफल सुरु हुनेछ।
इन्डोनेसिया पुगेसँगै जाकार्तामा अधिकारवादीले उनीविरुद्ध प्रदर्शनको आह्वान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।