काठमाडौं- दिल्लीको रोहिणीस्थित जयपुर गोल्डेन अस्पतालमा अक्सिजन सकिँदा उपचाररत २० जना बिरामीको मृत्यु भएको छ। अस्पतालमा रहेका २ सय मध्य ८० जना अक्सिजन सपोर्टमा रहेको जनाइएको छ। ३५ जना आइसियुमा छन्।
समाचार एजेन्सी पिटिआइका अनुसार अक्सिजन कमीका कारण २० जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा १९ जना कोरोनाका बिरामी थिए।
अस्पतालका मेडिकल डाइरेक्टर दीप बलुजाले खतराको जानकारी दिएर २ सय १५ जना कोभिड- १९ का बिरामी जोगाउन सहयोग मागिरहेका छन्।
डा बलुजाले भनेका छन्, 'हामीले क्रिटिकल केयर यूनिटका ती सवै बिरामी गुमाएका छौं। जो उच्च अक्सिजन फ्लोमा थिए।'
शुक्रबार राति १० बजेसम्म आफूसँग भएको अक्सिजन सकिएको उनले बताएका छन्। २० जनाको मृत्युपछि आवश्यकताको ४० प्रतिशत अक्सिजन अस्पतालले प्राप्त गरेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।