धुलिया- भारतमा तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसको नयाँ भेरियन्ट शिशुका लागि खतरनाक साबित भएको छ।
भारतीय सञ्चारमाध्यम अमर उजालका अनुसार कोरोनाको बी.१.१.७ र बी.१.६१७ नयाँ स्ट्रेन ससाना शिशुमा समेत तीव्र फैलिरहेको छ।
हालै महाराष्ट्र राज्इस्थित धुलिया जिल्लामा २ दिनको शिशुमा कोरोना संक्रमण देखिएको समाचारमा उल्लेख छ। ती शिशु अहिले अस्पतालमा जीवन-मरणको दोसाँधमा छन्।
ती शिशु गर्भमै कोरोनाबाट संक्रमित भएकाे बालरोज विशेषज्ञ डाक्टर अभिनव दरवडेले जानकारी दिए। उनमा रगत जम्नेलगायत अरू थुप्रै समस्या रहेकाे जनाइन्छ।
उनको उपचार अहिले नर्सिङ चिल्ड्रेन अस्पतालमा भइरहेको छ।
८० हजार शिशु कोरोना संक्रमित
स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार यस वर्ष मार्च १ देखि अप्रिलबीचमा ८० हजार बालबालिका कोरोनाबाट संक्रमित भएका छन्।
महाराष्ट्र, उत्तर प्रदेश, छत्तीसगढ, कर्नाटक र दिल्लीमा हालसम्म ७९ हजार ६६८ बालबालिका संक्रमित भएका छन्।
यी बालबालिकामा उच्च ज्वरो र निमोनिया जस्ता गम्भीर लक्षणहरू देखा परेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।