काठमाडाैं- अमेरिकाले भारतसहित दक्षिण एसियाका ५ राष्ट्रकाे भ्रमण नगर्न आफ्ना नागरिकहरुलाई आग्रह गरेकाे छ। भारतसहित पाकिस्तान, बंगलादेश, अफगानिस्तान र माल्दिभ्समा काेराेना संक्रमितकाे संख्या उच्च रुपमा वृद्धि भइरहेकाे भन्दै अमेरिकाले भ्रमण नगर्न सुझाव दिएकाे हाे।
बिहीबार विदेश विभागले यी राष्ट्रकाे यात्रा गर्नै परेमा आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रह गरेकाे छ।
यस्तै, चीन र नेपालकाे यात्रा तयारीमा रहेका नागरिकहरुलाई पुनर्विचार गर्न पनि आग्रह गरिएकाे छ।
श्रीलंकाको यात्राको क्रममा सावधानी अपनाउन र भुटानको यात्रा गर्दा सामान्य सावधानी अपनाउन निर्देशन दिइएकाे छ। यी देशलाई यात्राको लागि सुरक्षित स्तर १ दिइएको छ।
भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश र माल्दिभ्सलाई स्तर ४ मा राखिएको छ। जसको अर्थ यी राष्ट्रमा भम्रण गर्दा असुरक्षित भइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।