साङ्घाई- चीनकाे साङ्घाईस्थित एक कारखानामा आगलागी हुँदा दुई अग्नि नियन्त्रकसहित आठ व्यक्तिको मृत्यु भएको छ।
इलेक्ट्रोनिक सामान उत्पादन गर्ने यस कारखानामा स्थानीय समयानुसार बिहीबार दिउँसो १ः३० बजे आगलागी शुरु भएको हाे।
स्थानीय समयानुसार शुक्रबार बिहान ६ः२० बजे आगो नियन्त्रणमा आएकाे जिल्ला सरकारको सूचना कार्यालयले जनाएको छ। यस आगलागीमा परेर ज्यान गुमाएका आठ व्यक्तिको शव फेला परिसकेकाे कार्यालयले जानकारी दिएकाे छ।
आगलागीको कारणका बारेमा थप अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।