कठमाडाैं–दिल्लीको सर गंगाराम अस्पतालमा २४ घण्टामा २५ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ।
पछिल्लो २४ घन्टामा उच्च संख्यामा संक्रमितकाे मृत्यु भएपछि अस्पतालमा तत्काल अक्सिजनकाे व्यवस्था गरिएकाे छ।
यस्ता अन्य ६० बिरामी उक्त अस्पतालमा गम्भीर रुपमा रहेका छन्। भारतको केन्द्रीय राजधानी रहेका दिल्लीमा देखिएको यो गम्भीर संकटले देशको कोरोना अवस्था झनै गम्भीर हुने देखिएको सञ्चार माध्यमले जनाएका छन्।
अक्सिजनको कमीका कारण भेन्टिलेटर र अन्य उपकरणले ठिक रुपमा काम गर्न सकेका छैनन्। अस्पतालले आइसीयू र इमर्जेन्सी विभागवाट भेन्टिलेटरको आवश्यकता पुर्याउने प्रयास गरिरहेकाे बताइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।