काठमाडौं– अष्ट्रेलियाले भारतबाट आउने उडान कटौती गर्ने भएको छ।
भारतमा कोभिड–१९ संक्रमण बढेकोप्रति प्रतिक्रिया जनाउँदै अष्ट्रेलियाले अस्थायी रूपमा उडान कम गर्ने भएको हो।
बिहीबार प्रधानमन्त्री स्कट मोरिसन र राज्य र क्षेत्र नेतासहितको राष्ट्रिय क्याबिनेट बैठकले भारतबाट उडानको मात्रालाई ३० प्रतिशत कम गर्ने निर्णय लिएको सञ्चारमाध्यमले उल्ल्ेख गरेका छन्।
संक्रमणको उच्च जोखिम भएका देशका यात्रीले उडान गर्नुभन्दा ७२ घण्टा पहिले आफूलाई संक्रमण नदेखिएको पुष्टि हुने स्वास्थ्य प्रमाणपत्र देखाएर मात्र अष्ट्रेलिया आउन पाउने व्यवस्थासमेत गरेको छ।
अहिले लगाइएका विभिन्न प्रतिबन्ध महामारीको प्रभाव कम हुँदासाथ हट्ने बताइएको छ।
भारतमा दैनिक संक्रमणको संख्या तीन लाख नाघ्न थालेसँगै अष्ट्रेलियाको यो निर्णय आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।