बलुचिस्तान- पाकिस्तानकाे बलुचिस्तानस्थित मकरानमा भोकको कारण चार ड्राइभरको मृत्यु भएको छ। इरान-पाकिस्तान सीमा बन्द भएपछि उनीहरुको भोकले मृत्यु भएको हो।
कोरोना संक्रमण बढ्दै गएपछि पाकिस्तान सरकारले एक महिना अघि इरानको ग्वादर, तुर्बत पान्जगुर सीमा बन्द गरेको छ।
सीमा बन्द भएसँगै इरानबाट पाकिस्तान आउँदै गरेको पेट्रोल तथा डिजेलका सयौं ट्याङ्कर र अन्य सवारी साधनहरू रोकिएका छन्। यी सवारी साधनको चालकसँग खाने र पानी उपलब्ध नभएको बताइन्छ।
यता, सीमा नाका खोल्न माग गर्दै ग्वादरमा सयौं व्यापारीले प्रदर्शन गरेका छन्। उनीहले आफ्नो माग पुरा नभए मकरानका राजमार्ग बन्द गर्ने चेतावनी दिएका छन्।
सीमा व्यापार युनियनका अध्यक्ष मोहम्मद असलमका अनुसार मकरानका अधिकांश जनताको जीविका इरानसँगको व्यापारमा निर्भर छ।
हालै दुवै देशहरूबीच सीमापार आर्थिक आदानप्रदानलाई सुदृढ पार्न र संयुक्त सीमा बजार स्थापना गर्न समझदारी पत्रमा हस्ताक्षर भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।