न्यूयाेर्क- अमेरिकाले कार्बन उत्सर्जन आधा कटाैती गर्ने भएकाे छ। सन् २००५ कोभन्दा ५० देखि ५२ प्रतिशतमा झार्ने अमेरिकाले प्रतिबद्धता व्यक्त गरेकाे हाे।
यो नयाँ प्रतिज्ञा विश्वका ४० मुलुकका नेताहरूको भर्चुअल शिखर सम्मेलनमा सार्वजनिक गरिने यूएस इन्भायरोन्मेन्टल डिफेन्स फन्डका नाथानियल कियोहानले जानकारी दिए।
‘यस दशकको अन्त्यसम्ममा सन् २००५ कोभन्दा ५० देखि ५२ प्रतिशतसम्म उत्सर्जन घटाउने लक्ष्य घोषणा गरेर राष्ट्रपति जाे वाइडेनले जलवायु संकटको तात्कालिकतालाई सम्बोधन गर्ने छन्,’ उनले भने ।
यसको लागि अमेरिकालाई हालसालै कार्यान्वयन गरेको सबैभन्दा महत्वाकांक्षी जलवायु सम्झाैताकाे आवश्यकता पर्नेछ।
पूर्वराष्ट्रपति बाराक ओबामा प्रशासनले २०१५ को पेरिस जलवायु सम्झौतामा २० प्रतिशतसम्ममा कार्बन उत्सर्जन घटाउने प्रतिबद्धता जनाएका थिए। जुन लक्ष्य अझै पुरा हुन सकेको छैन।
यद्यपि, याे महत्त्वाकांक्षी नयाँ योजनाले चीन, भारत तथा अन्य मुलुकलाई थप अघि बढ्न प्रेरित गर्ने अमेरिकाको अपेक्षा छ। आउँदो नोभेम्बर महिनामा ग्लास्गोमा कोप२६ को महत्त्वपूर्ण बैठक बस्दैछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।