मस्काे- रुसका रक्षामन्त्रीले युक्रेन सीमाबाट आफ्ना सैनिकहरूलाई फर्किन आदेश दिएका छन्। बुधबार मन्त्रालयले शुक्रबार नै उनीहरुलाई फिर्ता हुन आदेश दिएकाे हाे।
रुसले युक्रेनकाे सीमा नजिक सैनिक खटाएपछि हप्तौंदेखिको भूराजनीतिक तनाव देखिएकाे थियाे। रुसकाे याे निर्णयसँगै दुई देशबीच देखिएकाे खटपट अन्त्य हुने अपेक्षा गरिएकाे छ।
ईयूका शीर्ष कूटनीतिज्ञका अनुसार रूसले करिब १ लाख सेना तैनाथ गरेकाे थियाे।
‘सैनिकहरूले देशको रक्षा गर्ने क्षमता विश्वसनीय रूपमा देखाएका छन्। त्यसैले मैले दक्षिणी र पश्चिमी सैन्य जिल्लामा निरीक्षण पूरा गर्ने निर्णय लिएको छु,’ रक्षामन्त्री सर्गे शोइगुले बताए।
सैनिकहरू शुक्रबारदेखि आफ्नो अड्डामा फर्किन थाल्ने शोइगुले बताए।
बिहीबार युक्रेनको दक्षिणी सिमाना नजिक रहेको क्राइमियामा क्षेत्रकाे शोइगुले निरीक्षण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।