मस्काे- रुसी राष्ट्रपति भ्लादमिर पुटिनका कट्टर आलोचकसमेत रहेका विपक्षी दलका नेता एलेक्सी नभाल्नीकाे रिहाइकाे माग गर्दै प्रदर्शनमा उत्रिएकालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।
बुधबार राजधानी मस्को, सुदूर पूर्वको भ्लादिभोस्तोक र साइबेरियाका केही सहरमा प्रदर्शन गरिरहेका १७ सय ९१ प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे।
अलजजिराका अनुसार रसियाको दोस्रो सहर सेन्ट पिटर्सबर्गमा ८ सय ६ र युफा सहरबाट मात्रै ११९ जनालाई गिरफ्तार गरिएकाे छ।
नभाल्नीका डाक्टरका अनुसार उनको रगत परीक्षणकाे नतिजाबाट मिर्गौला खराब भएकाे पत्ता लागेकाे छ। यसका साथै उनलाई जहिले पनि ‘हर्ट अट्याक’ हुन सक्छ।
यता, नभाल्नीका चिकित्सकहरुले ढाडको समस्या र सुन्निएका खुट्टाको उपचार नगरिए उनकाे केही दिनमा मृत्यु हुनसक्ने बताइरहेका छन्।
केही राष्ट्रहरुले उनलाई रिहा गर्न आग्रह गरिरहेकाे अवस्थामा रुसमै पुटिनविरुद्ध नारा जुलुस लागेकाे हाे। प्रदर्शनमा उत्रिएकाहरुले उनकाे रिहाइकाे माग गर्दै उचित उपचार गर्नसमेत आग्रह गरेका छन्।
४४ वर्षीय नभाल्नी रुसी राष्ट्रपति पुटिनका ठूला अलोचक हुन्। फेब्रुअरीमा उनलाई कारागार चलान गरिएकाे थियाे। नभाल्नीलाई मस्कोभन्दा करिब १ सय किलोमिटर पूर्वमा रहेको पोक्रोव सहरको एक जेलमा राखिएको जनाइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।