ओवागाडोउगोउ- उत्तर-मध्य बुर्किना फासोमा बुधबार बन्दुकधारीहरुको आक्रमणमा परी चार सैनिकले ज्यान गुमाएका छन्।
उक्त आक्रमणमा अन्य दुई घाइते भएका सुरक्षा स्रोतहरूले जानकारी दिएका छन्।
सन् २०१५ बाट नै बुर्किना फासोमा आतङ्ककारी हमलाको कारण बिग्रिएको सुरक्षा अवस्थाको सामना गरिरहेका छन्। सो समयबाट हालसम्म यस्ता हमलाहरुमा परी एक हजारभन्दा बढीको ज्यान गएको छ र हजारौं विस्थापित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।