भारत– कम्युनिस्ट पार्टी अफ इन्डिया(माक्र्सवादी) सीपीआईएमका महासचिव सीताराम येचुरीका छोराको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
महासचिव येचुरीले सामाजिक सञ्जाल ट्वीटर मार्फत जेठो छोरा आशीष येचुरीको विहीवार विहान मृत्यु भएको उल्लेख गरेका छन्।
छोराको उपचारमा खटिएका चिकित्सक, नर्स, फ्रन्टलाइनर, स्वास्थ्यकर्मी तथा सफाई कर्मचारीलाई ट्वीटमार्फत येचुरीले धन्यवाद दिएका छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार ९ जुनमा आशीष ३५ वर्षका हुँदै थिए । उनको उपचार गुडगाउको मेदान्त अस्पतालमा चलिहरको थियो र उनको अवस्था सुधारउन्मुख थियो । तर विहीबार विहान साढे ५ बजे दुई हप्ताको संघर्षपछि उनको मृत्यु भयो।
सीपीआईएमले एक विज्ञप्ति जारी गर्दै सीताराम येचुरीको छोरा आशीषको निधनले दुखी बनाएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।