काठमाडौं–चिनियाँ शर्ट भिडियो सेयरिङ एप टिकटकमाथि मुद्दा दर्ता हुने भएको छ
बालबालिकाको डेटा संकलन र प्रयोग कम्पनीले कसरी गर्छ भन्ने विषयमा बेलायतकी पूर्व बाल आयोगकी आयुक्त एनी लङ्गफिल्डले टिकटकमाथि मुद्दा दायर गर्ने तयारी गरेको सञ्चारमाध्यमले जनाएका छन्।
बेलायत र युरोपेली संघ (ईयू) आबद्ध देशका बालबालिकाहरुको तर्फबाट मुद्दा दायर गर्न लागिएको बताइएको छ। टिकटकले फोन नम्बर, भिडियो, लोकेशन र बायोमेट्रिक डेटाजस्ता व्यक्तिगत सूचना लिने गरेको आरोप वकिलहरुको छ ।
यदि मुद्दाको पक्षमा फैसला भएमा प्रभावित बालबालिकाले हजारौं डलर क्षतिपूर्ति पाउनेछन्। मुद्दा दर्ता भएमा त्यसविरुद्ध लड्ने टिकटकले बताएको छ।
टिकटकले भने गोपनियता र सुरक्षा आफ्नो शीर्ष प्राथमिकता भएको बताउँदै प्रयोगकर्ताको डेटा सुरक्षित राख्न आफूहरुले बलियो नीति, प्रक्रिया र प्रविधि कार्यान्वयन गरेको जनाएको छ।
चिनियाँ बहुराष्ट्रिय इन्टरनेट कम्पनी बाइटडान्सको सहायक कम्पनी टिकटकमा विश्वभर ८० करोडभन्दा धेरै सक्रिय प्रयोगकर्ता छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।