काठमाडाैं- विश्वव्यापी मृत्युदण्डको संख्या घटेकाे छ। ग्लाेबल रिभ्यू अफ द डेर्थ पेनाल्टी (पीडीएफ) र एम्नेस्टी इन्टरनेसनलले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा सन् २०२० मा कोरोना महामारीसँगै मृत्युदण्डमा कमी आएको देखिएकाे हो। यद्यपि, १८ देशले अहिले पनि मृत्युदण्ड दिइरहेका छन्।
एम्नेस्टी इन्टरनेसनलका महासचिव एग्नेस कालामार्डले एक विज्ञप्तिमा भने,‘विश्व कोरोना संक्रमणबाट आफ्नो देशका नागरिकको जीवन रक्षा गर्ने उपायहरू खोज्ने कुरामा केन्द्रित छ। यद्यपि, धेरै देशका सरकारले मृत्युदण्डको सजाय दिने अठोट लिएका छन्, जुन जसरी पनि कार्यान्वयन गर्नुपर्छ।’
मृत्युदण्ड एक घिनलाग्दो र क्रूरतापूर्ण सजाय भएको उनले बताएका छन्।
‘महामारीको बिचमा भएको मृत्युदण्डले यसको अन्तर्निहित क्रूरतालाई थप प्रकाश पार्दछ,’ कालामार्डले भने, ‘मृत्युदण्ड मानव अधिकारमा विशेष गरी क्रूर आक्रमण हो।’
कुन देशले कतिलाई दिए मृत्युदण्ड ?
प्रतिवेदनमा चीन सबैभन्दा बढी मृत्युदण्ड दिने देश बनेकाे छ। यद्यपि, चिनियाँ अधिकारीहरूलेमृत्युदण्डको सजाय र दिएको जम्मा संख्यालाई राज्यको रहस्यको रूपमा वर्गीकृत गरेका छन्। जसले सही संख्या प्रमाणित गर्न गाह्रो छ।
प्रतिवेदनमा चीनपछि मध्यपूर्वका चार देशहरू ( इरान, इजिप्ट, इराक र साउदी अरेबियाले २०२० मा सबैभन्दा बढी मृत्युदण्ड दिएको छ।
इरानमा जनवरी र डिसेम्बर २०२० बीच २४ भन्दा बढीलाई मृत्युदण्ड दिइएको थियो।
मृत्युदण्ड पाएकाहरुमध्ये पत्रकार रुहल्लाह जाम पनि एक थिए। उनलाई डिसेम्बर १२ मा झुण्ड्याइएको थियो।
तेस्रो स्थानमा इजिप्ट रहेको छ। इजिप्ट जुनमा १० जनालाई मृत्युदण्ड दिइएको थियो।चौथो स्थानमा इराकले रहेको छ। इराकले गत वर्ष ४५ भन्दा बढी व्यक्तिलाई मृत्युदण्ड दिएको थियो।
यता, साउदी अरेबिया पाँचौं स्थानमा रहेको छ। साउदीले कम्तिमा २७ जनालाई मृत्युदण्ड दिएको छ।
मृत्युदण्ड दिइएको संख्या लाओस र उत्तर कोरिया जस्ता देशहरूले थोरै वा कुनै जानकारी उपलब्ध गराएका थिए। प्रतिबन्धित राज्य अभ्यासका कारण कतिले मृत्युदण्ड पाएभन्ने खुलेको छैन।
प्रतिवेदनमा भएका तथ्याङ्क २०२० मा विश्वव्यापी मृत्युदण्डको समग्र प्रतिबिम्ब हो। यसले धेरै देशहरुमा मानव अधिकार अझै पनि लागू हुन नसकेको देखाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।