जार्कात- इन्डोनेसिया सरकारले हराइरहेकाे आफ्नाे पनडुब्बीको खोजी दिन छिमेकी देशहरुलाई आग्रह गरेकाे छ।
बाली टापुको उत्तरबाट ९६ किलाेमिटर पर रहेकाे स्थानमा पानीभित्र ड्रिल गरिरहेको नाैसेनाकाे पनडुब्बी बुधबार बिहानदेखि सम्पर्कविहीन भएपछि सरकारले अष्ट्रेलिया र सिंगापुरसँग सहयाेग मागेकाे हाे।
जर्मनीमा बनेको केआरआई नान्गाला-४०२ पनडुब्बीमा ५३ जना मानिस चढेका थिए। हराइरहेको पनडुब्बी सन् १९७८ मा जर्मनीमा बनेको हो।
सन् २०१२ मा दक्षिण कोरियामा दुई वर्ष लगाएर यसको मर्मत गरिएको थियो।
'हामी अहिले बालीदेखि ९६ किलोमिटर उत्तरको पानीमा खोजी गरिरहेका छौं,’ इन्डोनेसियाली सेना प्रमुखले भनेका छन्।
केही सैनिकहरुका अनुसार पनडुब्बीलाई गहिराइमा जान अनुमति दिइएकाे थियाे। त्यसकाे केहीबेरमा पनडुब्बी सम्पर्कबिहिन भएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।