गाेवा- काेराेना भाइरसकाे संक्रमण बढेसँगै भारतकाे गाेवा राज्य सरकारले रात्रीकालीन कर्फ्यू लागू गरेकाे छ।
मुख्यमन्त्री प्रमोद सावन्तले २१ अप्रिलदेखि ३० सम्म कर्फ्यू घाेषणा गरेका हुन्। कर्फ्यू राति १० बजेदेखि बिहान ६ बजेसम्म लागू हुनेछ।
यद्यपि, सरकारले ५० प्रतिशतकाे उपस्थितिमा रेस्टुरेन्ट, बार र सिनेमा हल सञ्चालन गर्ने अनुमति दिएकाे छ।
मंगलबार मात्रै काेराेना संक्रमणबाट गाेवाका पूर्वमन्त्री साेमनाथ जुवारकरकाे मृत्यु भएकाे थियाे। पारिवारिक स्राेतका अनुसार काेराेना संक्रमण भएपछि उनलाई एक नीजि अस्पतालमा भर्ना गरिएकाे थियाे।
भारतमा बुधबार एकै दिनमा दुई हजारभन्दा बढीको मृत्यु भएको थियाे। यस्तै, दुई लाख ९५ हजारमा कोरोना संक्रमण पुष्टि भएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।