दिल्ली- भारतको महाराष्ट्रस्थित नासिकको डा जाकिर हुसेन अस्पतालमा अक्सिजनको अभावका कारण २२ जना बिरामीको मृत्यु भएको छ।
नासिक नगर निगमका आयुक्त कैलाश जाधवले बुधबार २२ व्यक्तिको मृत्यु भएको पुष्टि गरेका हुन्। उनका अनुसार कम्तिमा १५० जना अस्पतालमा भर्ना छन् र तीमध्ये २३ जनालाई भेन्टिलेटरमा राखिएको छ।
अक्सिजन ट्यांक चुहावटका कारण अस्पतालमा अक्सिजन आपूर्ति झन्डै आधा घण्टाको लागि अवरोध भएको थियो। अक्सिजन ट्यांक चुहावट हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ। ट्यांकरबाट अक्सिजन भरिँदै गर्दा चुहावट भएको थियो।
आयुक्त जाधवले भने, ‘प्राविधिक ईन्जिनियरको सहयोगमा चुहावट रोकिएको छ। तर अस्पतालमा २५ प्रतिशत मात्र अक्सिजन बाँकी छ। १०/११ व्यक्तिको मृत्यु भएको छ। अक्सिजन आपूर्ति कम भएका कारण विरामीहरु बाँच्न सक्छन। तर भेन्टिलेटरमा रहेका कम अक्सिजनले बाँच्न सक्दैन। हामी दुर्घटनाको छानबिन गर्नेछौं र दोषीलाई कडा कारबाही गर्नेछौं।’
नासिक अस्पताललाई दैनिक १३९ मेट्रिक टन अक्सिजन आवश्यक रहेको छ। तर, यो अस्पतालले दैनिक ८४ मेट्रिक टन अक्सिजन पाइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।